
आज काठमाडौंमा कोरोना भाइरस रोगको पुष्टि भएकी महिला चन्द्रागिरी नगरपालिकाकी रहेको खुलेको छ ।
काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ।
लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
र यो पनि पढ्नुहोस :
सुनसरीबाट आएकी थिइन् भक्तपुरमा भेटिएकी कोरोना संक्रमित युवती
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै ८३ जनामा कोरोना पोजेटिभ देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयका अनुसार पर्साका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
र यो पनि पढ्नुहोस्
२० जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति ? (तालिकासहित)
यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमितको सङख्या २ सय १७ पुग्दा ३४ जना संक्रमितहरु निको भएर फर्केका छन् । तीमध्ये सबैभन्दा बढी उदयपुरमा १४ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्गमा २ जना, कञ्चनपुर, भोजपुर, झापा, चितवन र रौतहटमा १-१ जना संक्रमित निको भएर फर्केका छन् ।