
नेपालमा पहिलोपटक गत जनवरी २३ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्। मे १४ सम्म आइपुग्दा कोरोना संक्रमितको संङख्या २ सय ५० पुगेको छ ।
नेपालमा ७७ जिल्लामध्ये २२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै पर्सा जिल्लामा ८५ जना, कविलवस्तुमा ३९ जना, उदयपुरमा ३२ जना, रुपन्देही जिल्लामा २८ जना, बाँकेमा २५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै काठमाडौंमा ६ जना, कैलाली मा ४ जना, बारा र रौतहटमा ३-३ जना, धनुषा, बाग्लुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २-२ जना, बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, नवलपरासी (पश्चिम), नवलपरासी (पूर्व), सप्तरी र धादिङमा १-१ जना गरी जम्मा २ सय ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमितको सङख्या २ सय ४६ पुग्दा ३६ जना संक्रमितहरु निको भएर फर्केका छन् । तीमध्ये सबैभन्दा बढी उदयपुरमा १४ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्ग र चितवनमामा २-२ जना, रुपन्देही, रौतहट, झापा, भोजपुर, कञ्चनपुर र धादिङ्ग १-१ गरी जम्मा ३६ जना संक्रमित निको भएर फर्केका छन् ।
तलको तालिकामा हेर्नुहोस कुन जिल्लामा कति
जिल्ला | कुल संक्रमित | निको भएका |
---|---|---|
जम्मा | २४६ | ३६ |
पर्सा | ८५ | ३ |
कपिलवस्तु | ३९ | ० |
उदयपुर | ३२ | १४ |
रुपन्देही | २८ | १ |
बाँके | २५ | ० |
काठमाडौं | ६ | ५ |
कैलाली | ४ | ४ |
बारा | ३ | ० |
रौतहट | ३ | १ |
धनुषा | २ | ० |
बाग्लुङ | २ | २ |
चितवन | २ | २ |
झापा | २ | १ |
सर्लाही | २ | ० |
महोत्तरी | २ | ० |
भक्तपुर | २ | ० |
बर्दिया | १ | ० |
भोजपुर | १ | १ |
कञ्चनपुर | १ | १ |
नवलपरासी ( पश्चिम) | १ | ० |
नवलपरासी ( पूर्व ) | १ | ० |
सप्तरी | १ | ० |
धादिङ | १ | १ |
माथिको राखेको तालिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न मितिमा जारी गरेका प्रेस विज्ञप्ती र दैनिक गरिने प्रेस ब्रिफ्रिङ्गको आधारमा तयार पारिएको हो । माथि राखिएको तालिकामा केही सुझाव दिनुपरेमा ktmdainikofficial[at]gmail.com इमेल गर्न सक्नुहुन्छ ।