
मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्।
भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आएको खुलेको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौं आइसकेपछि मध्यपुर ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ।
युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ।
र यो पनि पढ्नुहोस् :
संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। थप विवरण लिने काम भइरहेको छ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएको स्वास्थ्य मन्त्रलायल स्रोत बताउँछ।
केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए। त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बसेका थिए।
उनले आफू कतै बाहिरबाट पनि नआएको बताएका छन्। अहिले उनको परिवारलाई सिल गरिएको छ। युवकलाई भने हिजै टेकु अस्पताल भर्ना गरिएको छ।
दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए।
‘सबै कुरा खुल्न आएको छैन। हामीले उहाँहरूसँग सम्पर्कमा आएका र अन्य हिस्ट्री लिने काम भइरहेको छ,’ उनले भने।
मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका छन्। यो एकैदिन देखिएको अहिलेसम्मकै ठूलो संख्या हो।
योसँगै नेपालमा कोरोना संक्रमिको संख्या २१७ पुगेको छ। ३४ जना निको भएका छन्। जसमा तीन जना व्यक्ति पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।
छुटाउनु भयो कि ?
२० जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति ? (तालिकासहित)
संक्रमितको सङख्या २ सय १७ पुग्दा ३४ जना संक्रमितहरु निको भएर फर्केका छन् ।
तीमध्ये सबैभन्दा बढी उदयपुरमा १४ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्गमा २ जना, कञ्चनपुर, भोजपुर, झापा, चितवन र रौतहटमा १-१ जना संक्रमित निको भएर फर्केका छन् ।