
काठमाडौं । चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने दावी गरेको गरेको ट्विट हटाएको छ ।
चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो ।
सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको थियो।
सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ। उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन्।
Hello CGTN, the Mount Everest is lies in Nepal. You should have check facts before to publish your status regarding to Mt. Everest. It does not lies in your teritory. Please correct your version with an apology.
— Ghama Raj Luitel (@ghamaraj) May 10, 2020
तर समाचार तयार पार्दै गर्दा चिनको सञ्चार माध्यमले राखेको ट्विट हटाइएको छ ।
यस्ताे थियाे हटाइएकाे ट्वीट