
एजेन्सी । विमान दुर्घटनामा परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् ।
ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिवार बिहान राजधानी बोगोटा पुर्याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।
बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ ।