
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा सुरु हुँदैछ ।
यसअघि ४ बजे बस्ने भनिएको बैठक साँढे ५ बजेलाई सारिएको थियो ।
बैठकमा सहभागी हुन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार प्रवेश गरिसकेका छन् ।
अध्यक्ष दाहाल केही बेर अघिमात्रै बालुवाटार प्रवेश गरेका हुन् ।
नेकपाभित्रको सत्ता संघर्ष र विवादमा मध्यस्थकर्ताको भूमिकामा देखा परेको उत्तरी छिमेकी चीनको दबाब पछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई विस्थापित गर्ने रणनीतिमा लागेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ब्याक भएको खबर सार्वजनिक भएको छ ।
१८ वैशाखको साँझ प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटघाट गरेकी चिनियाँ राजदूत होउ यान्छीले नेकपाको आन्तरिक विवाद र शक्तिसंघर्षको न्यूनीकरणमा सक्रिय भएर लागेको बताइएको छ । राजदूत यान्छीकै दबाबका कारण ओली विस्थापनको खेलमा लागेका कार्यकारी अध्यक्ष प्रचण्ड आफ्ना घोषित एजेन्डा बाट पछि हट्न बाध्य बनेको स्रोतको दाबी छ ।
र यो पनि पढ्नुहोस् :
चीनको सक्रियता : प्रधानमन्त्री ओलीलाई साथ दिने उपाध्यक्ष गौतमको घोषणा
शुक्रबार बिहानै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न खुमलटारस्थित निवासमै पुगेकी राजदूत यान्छीले अहिले सरकार परिवर्तनको समय नभएको भन्दै कोरोना विरुद्धको लडाइमा सरकारलाई साथ दिन चिनियाँ राष्ट्रपति सि जिनपिङको सन्देश प्रचण्डलाई सुनाएको स्रोतले दाबी गरेको छ । त्यस लगत्तै राजदूत यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगेर पनि अहिले सत्ता फेरबदलमा नलाग्न सुझाव दिएको बुझिएको छ ।