
वर्षा राउतको स्पष्टीकरण : ‘म राष्ट्रियताको लागि मर्न तयार छु, हाम्रो जमिन फिर्ता ल्याउनुपर्छ’
काठमाडौं, ११ जेठ । चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लिएर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । एक अन्तर्वार्तामा बोल्दै उनले राष्ट्रियताको लागि मर्न तयार भएकोले सामाजिक सञ्जालमा अनावश्यक अफवाह नफैलाउन आग्रह समेत गरेकी छिन् ।
नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउतले हिजो (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत बोलेको विषयलाई लिएर उनी विवादमा मुछिएकी थिईन् ।
राउतले नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका सञ्चारकर्मीहरुले उचालेर झगडा उत्पन्न गराएको बताएकी थिइन्।
राउतले नेपाल र भारत दुवै देशका अधिकारीहरु टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको र भारतीय मित्रहरुलाई पनि आफूसँग फेश गर्न अप्ठ्यारो भएको बताएकी थिईन् ।
उनको उक्त टिप्पणीमाथि चौतर्फी आलोचना भएको थियो ।
अन्तर्वार्ताको क्रममा राउतले यो प्रकरणमा आफूले माफी मागिसकेको जनाईन् । उनले भनेकी छिन्,’मैले मार्फी माँगें । मैले बोल्दा शब्द चयन गर्न सकिँन् ।
म राष्ट्रियताको लागि मर्न तयार छु । रगत बगाउनपनि तयार छु ।
हाम्रो जमिन फिर्ता ल्याउनुपर्छ । नेपाली सञ्चारकर्मीहरुले एकदमै राम्रो काम गरेका छन् । म गाली होईन द्धिपक्षीय वार्ताद्धारा समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा छु ।’
उनले आफूलाई सामाजिक सञ्जालमार्फत देशद्रोही भनेकोमा चित्त दुखेको पनि गुनासो पोखिन् । उनले भनिन्,’म राष्ट्रघाती होइन ।
मोदीसँग जोडेर चर्चा गरिएको छ ।
मनिषाजीले राखेको अडानमा मेरो सहमत छ ।’