
काठमाडौं– स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रकाशनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।
बुधवार राती आफ्नो भेरिफाइड ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले यो प्रकरणलाई ;नक्सा युद्ध’ भनेका छन् ।
उनले आफ्नो ट्वीटमा लेखेका छन् -‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो ?
किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरका नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन ।’
India refuses to accept Nepal’s new Map. No one had expected India to accept it. However, who started this ‘Map War’? Why had India unilaterally brought out a new political map in Nov 2019? That was by power-blind Modi to redraw the map of Kashmir. But, Nepal is not Kashmir!
— Ashok Swain (@ashoswai) May 20, 2020
After India, Nepal prints a new map and puts all disputed areas as its own – In the new map, the total area of Nepal has increased from 147,181sq km to 147,516 sq km
https://t.co/0PtzgSnGeB via @kathmandupost— Ashok Swain (@ashoswai) May 20, 2020