मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोस्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको शव सोही दिन लगिएको भएपनि दुई परिवारबीचको द्वन्द्वका कारण पोस्टमार्टम हुन नसकेको हो ।
आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । माइती पक्षले शव उठाउन नदिने अडान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को दबाबका कारण पोस्टमार्टमका लागि धरान लगेको पीडितका आफन्तको दाबी छ । तर अहिलेसम्म पोस्टमार्टम नहुनुले आशङ्का उत्पन्न गराएको मृतककी सानिमा रमिला गिरी बताउँछिन् ।
‘सोमबार नै प्रहरी प्रशासनले पोस्टमार्टमको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पोस्टमार्टम गरेन’, उनले भनिन्, ‘रोजिनाको मृत्यु भएपछि नै घरपट्टीका सबै प्रहरी सुरक्षामा थिए । प्रहरीले कसरी पक्राउ गर्न सकेन ? २४ घण्टाभित्र गरिसक्नुपर्ने पोस्टमार्टम अहिलेसम्म नहुँदा शङ्का उब्जिएको छ । ’
यता, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले दुई परिवारलाई मिलाउन नसक्दा पोस्टमार्टम हुन नसकेको केटिएम दैनिकलाई जानकारी दिएका छन् । मृतकका पति विनोद काफ्ले पनि दुबईबाट आइसकेका कारण आज पोस्टमार्टम हुने र केही दिनमा रिपोर्ट आउने खनालले जानकारी दिए ।
‘हाम्रो कारणले पोस्टमार्टम रोकिएको होइन,’ उनले भने, ‘दुई परिवारबीचको द्वन्द्वका कारण पोस्टमार्टम हुन सकेको छैन । मृतकका पति पनि धरान पुगिसकेका छन् । घरपट्टीका सबै धरान पुगेका छन् । अब, माइतीपक्ष पनि यहाँबाट निस्कँदै छन् । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे पत्ता लाग्ने छ ।’
माइतीपक्षले भने रोजिनालाई हत्या गरेर झुन्डाएको भन्दै सोमबार नै किटानी जाहेरी दिएका छन् । रोजिनाका बुबा धर्मानन्द गिरी र आमा ईन्दिरा गिरीले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएको इन्स्पेक्टर खनालले जानकारी दिए ।
पतिले आत्महत्या नगर भन्दाभन्दै पत्नीको मृत्यु, विवाह गरेको एक वर्षमै बिछोड !
मोरङको सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्ले र उर्लाबारी नगरपालिका दुर्गापुरीकी रोजिना गिरीले...
सोमबार, असोज ४ २०७८विनोद काफ्ले र उर्लाबारी नगरपालिका–८ दुर्गापुरीकी रोजिना गिरीले २०७७ साल असारमा आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका थिए । सामाजिक सञ्जाल फेसबुकबाट भएको चिनजानलाई विवाहमा रूपान्तरण गरेको एक वर्ष पनि पुग्न नपाउँदै उनीहरूको बिछोड भएको हो । विनोद विवाह गरेर रोजिनालाई घरमा राख्दै वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए ।
‘ज्वाइँ विदेश गएपनि सुरुआततिर घर–परिवारमा राम्रै थियो । पछिल्लो समय भने घरायसी झगडा हुने गरेको थियो’, मृतककी सानिमा रमिला भन्छिन्, ‘परिवारमा धेरै टर्चर हुने गरेको म्यासेजमा पनि देखिन्छ । तर आत्महत्या गरिहाल्ने खालकी थिइन, बकाइदा मारिएकै हो ।’
रोजिनाको शव आधा खुट्टा बाहिर र शरीरचाहिँ बक्स पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । सलको पासोले सिलिङ फेनमा झुन्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको रमिलाको आरोप छ ।
यसरी भएको थियो घटना
शनिबार बेलुका रोजिनासँग फोनमा कुरा गरे । रोजिना पनि शनिबार सलकपुर बजारमा किनमेल गरेर फर्किएकी थिइन् । विनोदसँगको कुराकानीमा रोजिनाले पटक–पटक आफू पीडामा रहेको भन्दै आत्महत्या गर्ने निर्णय सुनाइन् । रोजिनाले पीडाको विषयबारे कुरा गरिनन् । आत्महत्या गर्ने रोजिनाको निर्णबारे सुरुमा त विनोदले विश्वास गरेनन् । तर पटक–पटक उनले म मर्छु भनेपछि विनोदले सम्झाए । अनेकन आग्रह गरे । तर रोजिनाले ढिपी कसिरहिन् ।
रोजिना गिरी मृत्यु प्रकरण : घर बेचेको पैसामा किचलो हुँदा हत्या भएको आशङ्का
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा आफ्नै घरको कोठाभित्र मृतावस्थामा फेला परेकी २४ वर्षीया...
सोमबार, असोज ४ २०७८कुराकानीपछि विनोद सुते । बिहान फोन गरे । उठेन । म्यासेज पठाए । जवाफ पाएनन् । अनि अकाउन्ट खोलेर हेरे । त्यहाँ पनि अनलाइन पाएनन् । एकैछिनमा परिवारबाट फोन आयो । परिवारले रोजिना रहिनन् भन्दा विनोद छाँगाबाट खसेजस्तो भए । अनि उनलाई परिवारले रोजिनाको माइतीपक्षमा सूचना पुर्याइदिन भने । विनोदले सोहीअनुसार माइती पक्षसँग कुरा गरे ।
उनीहरूको दुई परिवारबीच सम्धीभेटसमेत भएको थिएन । गत भदौमा माइतीपक्षले बोलाएर उनीहरूको टीका–टालो गरिदिएको थियो । तर घरपट्टीका भने टीका–टालोमा पनि गएका थिएनन् । सम्धीभेट हुन नसकेका कारण दुई परिवारबीच प्रत्यक्ष कुराकानी हुन नसकेको बताइन्छ । रोजिनाको मृत्युको खबर सुनेर विनोद सोमबार नै नेपाल फर्किएका छन् ।
घोपामा रहेका उनले माइतीपक्षलाई फोन सम्पर्क गरेर शवको दाहसंस्कार गर्न आग्रह गरेको रोजिनाकी सानिमा रमिलाले बताइन् ।
घरायसी झगडा मृत्युको कारण हुनसक्ने आशङ्का
रोजिनाकी ठुलोबुबाकी छोरी (बहिनी) मनीषा क्षेत्री झगडा कारण रोजिनाको हत्या भएको हुन सक्ने आशङ्का गर्छिन् । ‘दिदीको अनुहार र शरीरभरि निलडाम छ’, उनले भनिन्, ‘नाइटोनेर औँलाको छापजस्तो देखिन्छ, खुट्टा घिसारेको छ, भेस्ट र सुरुवालबाहेक भित्री वस्त्र लगाएको छैन । हत्या गरिएर सलको पासो लगाएको हुनुपर्छ ।’
मोरङमा कोठाभित्र मृतावस्थामा भेटिइन् रोजिना, हत्या गरेको हुनसक्ने आशङ्का
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन्...
सोमबार, असोज ४ २०७८उनका अनुसार हालैमात्र उनीहरूले सलकपुरको उक्त घर बेचेका रहेछन् । घर बेचेको पैसामा किचलो हुँदा हत्या भएको हुनसक्ने उनको आशङ्का छ । पछिल्लो समय जेठाजू र आमाबीच घरको पैसालाई लिएर पटक–पटक झगडा भइरहेको थियो । जेठाजूले झगडाको कारण बुहारी भएको बताइरहेको उनको भनाइ छ ।