भारतबाट सवारी साधन चोरी गरेर ल्याएर नेपालमा बिक्री वितरण गर्ने २ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले २ वटा रोयल इन्फिल्ड, एउटा केटिएम ड्युक आरटी र हुन्डाई गाडी सहित २ व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्तिमा कञ्चनपुर जिल्ला मैरीफाँटा स्थायी ठेगाना भई हाल काठमाडौँमा बस्ने अर्जुन कठायत र सोही जिल्लाका कृष्ण बहादुर रोकायलाई पक्राउ गरेको छ ।
बरामद भएका सवारीसाधनहरूमा नेपाली नम्बर प्लेट समेत राखिएको हुँदा यातायात व्यवस्था विभागका कर्मचारीहरूको समेत मिलेमतो हुनसक्ने आशङ्का गरिएको छ । हिजो मात्रै प्रहरीले २ वटा हुन्डाई कारसहित २ व्यक्तिलाई पक्राउ गरेको थियो ।