प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Rt. Hon. Prime Minister Sher Bahadur Deuba receives H.E.@AmbVMKwatra, Ambassador of India to Nepal, at his Residence in Budhanilakantha.The Rt. Hon. PM thanked the Amb for the congratulations and best wishes and recalled the age-old friendly relations between the two countries. pic.twitter.com/uNMGVrz5Ga
— MOFA of Nepal ?? (@MofaNepal) July 14, 2021
सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौं पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उनलाई धन्यवाद दिए । काँग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका छन् ।
देउवाले अबको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नपाएको खण्डमा बढीमा ६ महिनाभित्र चुनाव हुनेछ ।