नोभेम्बर २०२० मा निधन भएका अर्जेन्टिनी लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको सम्झनामा ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुने भएको छ ।
उक्त खेलमा युरोपियन च्याम्पियन इटाली र कोपा अमेरिकाको विजेता अर्जेन्टिनाले खेल्ने भएका छन् ।
म्याराडोनाको मेमोरीमा हुने सो खेलका लागि युरोपियन फुटबल महासङ्घ (युइएफए)र दक्षिण अमेरीकी फुटबल महासङ्घ (कोन्मेबल)बीच छलफल भइरहेको बताइएको छ ।
यस खेलबारे समय र मितिसहित आगामी केही दिनमा औपचारिक घोषणा हुने अर्जेन्टिनी मिडियाले बताएका छन् ।
दुई टिमबीचको खेल इटाली र अर्जेन्टिनामध्ये एक स्थानमा हुने बताइएको छ । इटालीले इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएर युरो २०२० को उपाधि जितेको थियो ।
यस्तै, ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई १–० गोलले हराउँदै उपाधि उचालेको थियो ।