सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज विहान इच्छाकामना गाँउपालिका ६ कालिखोलामा सुख्खा पहिरो जाँदा सडक दुईतर्फी अबरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो नखुल्ने समयसम्म धैर्य गरेर आफ्नो लेनमा बसिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।
यो सडकखण्डमा एक महिनाको अवधिमा दर्जनबढि पहिरो खस्दा पटक पटक अबरुद्ध भएको छ । हरेक दिनजसो मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।