कञ्चनपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको दोधारा चादनी नगरपालिका–८ सुन्दरनगर पुल नजिकबाट भारतको उद्धमसिङनगर खटीमाका २१ वर्षीय आसिप खानलाई पक्राउ गरिएको हो।
उनको साथबाट २८ ग्राम अफिम फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले केटिएम दैनिकलाई बताए। पक्राउ परेका खानमाथि थप अनुसन्धान भइरहेको उनले बताए।