डडेलधुरा । कुटपिटपछि आफ्नै श्रीमानको हत्या गरेको आरोपमा डडेलधुरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणी घर भई हाल डडेल्धुराको अमरगढी नगरपालिका-८ बस्दै आएका ३६ वर्षीय नरेश नाथको हत्या आरोपमा उनकी श्रीमती २८ वर्षीय पशुपति नाथ पक्राउ परेकी हुन्।
नरेश नाथलाई श्रीमतीले काठको लाठी, मिजुराले प्रहार गरी कुटपिट गरी हत्या गरेको किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
बिहीबार बिहान २/३ बजेको समयमा नरेशको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
पक्राउ परेकी पशुपतिमाथि पक्राउ परेकी पशुपतिमाथि जिल्ला अदालतबाट बिहीबारबाट लागु हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नायकले बताए ।