नुवाकोटको विदुर नगरपालिका अन्तरगत त्रिशूलीमा खेलमैदान बन्ने भएको छ । संघीय सरकारले ११ करोड ५० लाखको लागतमा खेलमैदान निर्माण गर्न लागिएको हो ।
७८/८९ को बजेट घोषणा अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तह पूर्वाधार विकास कार्यक्रम अन्तर्गत त्रिभुवन त्रिशुलि माध्यामिक विद्यालयको जग्गामा खेलमैदान निर्णमा हुने लागेको बताएको छ ।
सरकारले एक पालिका एक ग्राम निर्माण गर्ने कार्यक्रम अन्तर्गत विदुरका लागि त्रिशुलीको खेलमैदान छनौट भएको बताइएको छ ।
खेलमैदान निर्माणका लागि नक्साको नमुना समेत तयार भैसकेको बताइएको छ । मैदानको डिपिआर मसेत भैसकेको र इन्जिनियर सुरज लामाले नक्सा तयार पारेको विद्यालयका शिक्षक दवाडीले जानकारी दिए ।
खेलमैदान निर्माणको तयारीका लागि यस अघि विदुर नगरपालिका र विद्यालय विचको केही सम्झौता समेत भएको उनले बताए । बहुवर्षीय ठेक्कामा मैदान निर्माणको काम समेत सुरू भैसकेको उनले बताए । नेकपा एमालेका नेताहरू, जिल्लाका सम्बन्धित जनप्रतिनिधि सबैले खेल मैदान निर्माणका लागि पहलकदमी लिएको दवाडीले बताए । उक्त खेलमैदानको नमुना समेत सार्वजनिक भइसकेको छ ।