दैनिक ठूलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि बाँके जिल्लामा लकडाउन गर्न सिफारिस गरिएको छ ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोना संक्रमण रोक्नको लागि लकडाउन गर्न सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले केटिएम दैनिकलाई बताए ।
टेलिफोन सम्पर्कमा सहायक प्रजिअ उपाध्यायले भने ‘कोरोना परिक्षण गरेका ५० देखि ६० प्रतिशत व्यक्तिहरुमा संक्रमण देखिन थालेको छ । सीमा नाका भारतबाट आउने व्यक्तिहरु बढी मात्रामा संक्रमित छन् ।’
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको हो । लकडाउन गर्ने अन्तिम अधिकार प्रमुख जिल्ला अधिकारीसँग रहेको हुनाले आज वा भोली भित्रमा मानिसहरुको मुभमेन्ट रोक्नको लागि लकडाउन गरिने उपाध्यायले केटिएम दैनिकलाई बताए ।