काठमाडौँ । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा स्वीकृतिबिना राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल तथा विश्व सम्पदा क्षेत्र लुम्बिनीस्थित पवित्र उद्यान, शान्ति दीप र अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल राखिएको जनाएको छ।
कोषले सूचना जारी भएको मिति २०८३ मंसिर ११ देखि लागू हुने गरी २४ घण्टाभित्र त्यस्ता पसल हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ। तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही हुने सूचनामा उल्लेख छ।
