नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई पछिल्लो समय कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियामा भने छाइरहन्छिन् रहिरहन्छिन् ।
केही समय अगाडी आफू गर्भवती भएको खबर फ्यान माझ दिए पछि उनको चर्चा झन् चुलिएको छ । उनले राम्रो र नराम्रो दुईटै प्रतिक्रिया पाइन् केहीले राम्रो भनेर वाह वाह गरे भने केहीले उनको खिल्ली उडाए ।
प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी थिइन्।
पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले , ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं।’ भनेर लेखेको थिइन् जस्ले गर्दा उनका फ्यानहरुले आयुष्मान पनि गर्भवती भन्दै प्रश्न सोधेका थिए ।
केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।
उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि! भन्ने अड्कल काटेका थिए।
अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्। आज नेपाली नयाँ वर्षमा पनि उनले केही फोटाहरु शेयर गरेकी छन् ।