काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि शुक्रबार एकैपटक मूल्य समायोजन गर्दै सुनको नयाँ भाउ निर्धारण गरेको हो। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनअनुसार महासंघले सुनको मूल्य घटाएको जनाएको छ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्यमा आएको यो गिरावटसँगै तिहारपछि नेपाली बजारमा दुवै धातुको भाउ सस्तिएको छ।