
काठमाडौं – प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले गृहकार्य जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ।
सदनको जारी गतिरोध हटाउन सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्।