काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले टस जित्दै ब्याटिङ रोजेको हो । अब कर्णाली याक्सले पहिले बलिङ गर्नेछ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखरा एभेन्जर्स जितको खोजीमा मैदान उत्रिएको छ । लगातार हारको सामना गरिरहेको पोखराका लागि यो खेल महत्त्वपूर्ण हुनेछ ।
कर्णाली याक्स पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ ।