काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार स्थिर रहेको दुवै धातुको मूल्य सोमबार उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर २ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा स्थिर थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ। आइतबार ३ हजार ७६५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।