बाजुरा– तिहारको सार्वजनिक बिदाका दिनमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ ।
जिल्ला अदालत बाजुराले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा शनिबारबाहेक अन्य दिन अदालतका सेवा सञ्चालन हुने जनाएको हो ।
अदालतका अनुसार बिदाको समयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ । उक्त समयमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्नुका साथै पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने कार्य गरिनेछ ।