काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ ।