काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्ट्सलाई आधिकारिक टाइटल स्पोन्सरका रूपमा आबद्ध गरेको छ।
पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत द शाहंशाह अपार्टमेन्ट्ससँगको साझेदारी सार्वजनिक गर्दै नयाँ सहकार्यले टोलीको यात्रामा थप ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरेको छ।
टोलीले साझा दृष्टिकोण र सहकार्यलाई प्राथमिकता दिँदै एनपीएल सिजन–३ मा नयाँ अध्याय सुरु गर्ने जनाएको छ।
‘टुगेदर, वी राइज। टुगेदर, वी कन्कर’ अर्थात् ‘सँगै अघि बढ्छौँ, सँगै जित्छौँ’ भन्ने नारासहित पोखरा एभेन्जर्सले यस सिजन प्रतिस्पर्धा गर्दैछ।