काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतर पक्षले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने तयारी गरेको जनाएको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता डा. प्रकाशशरण महतले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने बताए। ‘असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुन्छ । केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ,’ उनले भने।
एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन गर्नुपर्ने अवस्था आएको महतले बताए। निर्वाचन अधिकृतहरू छिट्टै जिल्लामा पुग्ने र स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचनको अनुभव भएका व्यक्तिको सहयोगमा अधिवेशन सम्पन्न गरिने उनले जानकारी दिए।
वर्षाका कारण असोज १५ गते वडा अधिवेशन गर्न नसकिने ठाउँमा स्थानीय परिस्थितिअनुसार असोज १६ वा १७ गतेसम्म गर्न सकिने उनले बताए। क्रियाशील सदस्यको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइने र छुटेकालाई असोज १५ गतेभित्र सदस्यता दिने व्यवस्था गरिने महतले बताए।