काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। उनले जनकपुरका कप्तान हरमीत सिंहलाई फिल्डिङको निम्तो दिएका छन्।
आजको खेलका लागि सुदूरपश्चिमले अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। यता जनकपुरले भने टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ।
जनकपुरले स्फ हसन र परभेज हुसेन इमोनको स्थानमा रायन बर्ल र ह्यारी टेक्टरलाई पहिलो रोजाइमा समावेश गरेको छ।