काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११ दशमलव ७७ अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ११ दशमलव ७७ अङ्कले वृद्धि भई दुई हजार ६२९ दशमलव ८१ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ५५ अङ्कले बढेर ४६९ दशमलव ०१ बिन्दुमा कायम भएको छ।
त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव ७९ अङ्कले बढेर १८१ दशमलव १८ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ५५ अङ्कले वृद्धि भई १५८ दशमलव ३६ बिन्दुमा कायम भएको छ।
आज विभिन्न कम्पनीका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।
आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। त्यस्तै, सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार आज नेपाल ल्युब आयल, सोनापुर मिनरल्स एण्ड आयल र कुमारी सबल योजनालगायतका लगानीकर्ताले कमाएका छन्। यसैगरी, मिड सोलु हाइड्रोपावर, धौलागिरि लघुवित्त वित्तीय संस्था र सिटिजन सुपर ३० म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन्।