काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन मुलुकका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालले जानकारी दिए।