काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।
राष्ट्र बैङ्कका अनुसार युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा कायम गरिएको राष्ट्र बैङ्कले जनाएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।