काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजदेखि बैठक सुरु भएको हो ।
बैठकमा छलफलका लागि आठवटा एजेन्डा तय गरिएको छ । बैठकमा शहीदप्रति श्रद्धाञ्जली अर्पणदेखि पार्टीका विभिन्न संगठनको समायोजन, सदस्यता नवीकरण तथा महाधिवेशन र अधिवेशनका विषयमा छलफल हुने कार्यसूची छ ।
बैठकका आठ एजेन्डा यसप्रकार छन् :
1. शहीदप्रति श्रद्धाञ्जली ।
2. संयोजक र सहसंयोजकद्वारा वर्तमान राष्ट्रिय परिस्थिति र हाम्रो दायित्वका विषयमा मन्तव्य ।
3. महाधिवेशन र अधिवेशनहरूबारे छलफल ।
4. सचिवालय र कार्यसमिति बैठक ।
5. पार्टी तथा जनवर्गीय संगठनहरूको समायोजन र सदस्यता नवीकरण ।
6. विशेष संगठन सुदृढीकरण अभियान ।
7. पार्टीमा समाहित गर्नेबारे छलफल ।