हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् । हाम्रा अग्रजहरूले धनियाँ प्रयोग गर्न सुरू गर्नुको कारण भने सायद केही स्वास्थ्यलाई फाइदा गर्ने गुणहरू भेटेर नै हुन सक्छ । धनियाँले स्वास्थ्यमा गर्ने प्रभावका बारेमा केही खोजहरू समेत भएका छन् । धनियाँ स्वास्थ्यका हिसाबले निखै महत्वपूर्ण पदार्थ भएको समेत अनुसन्धानकर्ताहरू बताउँछन् ।
हामी पनि थाहा पाऔ के-के छन् धनियाँ खानुका फाइदाहरू…
– धनियाँमा पाइने एन्टीसेप्टिक र एन्टीअक्सिडेन्टले तपाईको अनुहारलाई फाइदा गर्छ । यसले अनुहारमा निखारता तथा चमक ल्याउन समेत मद्धत गर्छ । धनियाँको हरियो पात पिसेर अनुहारमा लगाउनु फाइदाजनक हुन्छ । यसले छालाको एलर्जीको समस्यामा पनि फाइदा गर्छ ।
– धनियाँले पेटमा रहेको वायूलाई पनि फ्याक्ने काममा मद्धत गर्छ । साथै पाचनशक्ति पनि बढाउँछ । धनियाको हरियो पात पित्त नाशक पनि हुन्छ । पित्त या कफले सताएमा दुई चम्चा धनियाँको हरियो पातको रस खाने गरे फाइदा गर्छ ।
– धनियाँको पत्तिमा एन्टी ट्युमेटिक र एन्टी अर्थराइटिसको गुण हुने गर्छ । यसले दुखाई कम गर्न समेत मद्धत गर्छ ।
– धनियाँले एनिमियाबाट समेत छुटकारा दिन मद्धत गर्छ । एन्टी अक्सिडेन्ट, भिटामिन ए, सी, र केही मिनरलका कारण धनियाँले क्यान्सरबाट समेत बचाउन मद्धत गर्छ ।
– यदी तपाईलाई निन्द्रामा समस्या छ भने धनियाँको प्रयोग गर्नुस् फाइदा जनक हुन्छ । डाइबेटिजबाट पिडित मानिसलाई समेत यो निकै उपयोगी हुन्छ । यसले इन्सुलिन बढाउन मद्धत गर्छ र रगतको ग्लुकोजलाई कम ग्रन मद्धत गर्छ ।