काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित नागरिकको खोज तथा उद्धार, उपचार, राहत वितरण र पुनर्स्थापनाका कामलाई निरन्तरता दिँदै आएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय लिन बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।