विदेशबाट सुनकव वाला ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट दुई युवक बिहीबार पक्राउ परेका छन् ।
कतारको राजधानी दोहाबाट २ वटा सुनको बाला लिएर आएका पाँचथरको मिक्लाजुङ-२ का चित्र शेर्मा सहित सहित काठमाडौंमा सुन लिने मोरङ्ग पथरी शनिश्चरे स्थायी ठेगाना भएका रमेश तामाङ त्रिभुवन विमानस्थानमा पक्राउ परेका छन् ।
कतार एयरवेजको विमानबाट उनी काठमाडौं ओर्लिएपछि चेकचाँजको क्रममा पक्राउ परेको त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । उनीलाई थप अनुसन्धान गर्नको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।
यसअगाडी फाल्गुन ९ गते पनि कताबाट तीनवटा सुनको बाला लिएर आएका एक युवा पक्राउ परेका छन् ।
विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ ?
विदेशबाट आउने व्यक्तिले साथमा १ सय ग्रामसम्म सुन ल्याउन पाउँछ । जसमध्ये पहिलो ५० ग्रामसम्मको सुनलाई प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ र पछिल्लो ५० ग्राम सुनको भने प्रति १० ग्राम १० हजार ५ सय भन्सार शुल्क तिरेर ल्याउनु पाउनु हुन्छ।
सुनको गहनाको हकमा भने विदेशबाट फर्कदा ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाइनेछ । तर, त्यो भन्दा बढी अधिकतम २ सय ५० ग्रामसम्मको गहना भन्सार तिरेर ल्याउन सकिन्छ ।
यात्रुले ल्याएको ५० ग्रामसम्मको गहनालाई विमानस्थल भन्सारले सजिलै पास गर्ने भने ५० ग्रामदेखि माथि १ सय ग्रामसम्मको गहनालाई प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । त्यस्तै १ सय ग्रामभन्दा माथि थप एक सय ग्रामको सुनको गहनालाई भने प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर साथमा ल्याउन सकिनेछ । तोकिएको परिणामभन्दा बढी ल्याएको सुन भने भन्सारले जफत गर्ने भन्सार विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।