काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट ४३ विदेशी नागरिकसहित २०८ जनाको उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार शनिबार दिउँसोसम्म सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीय नागरिकसहित २०८ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
सुरुङभित्र रहेका व्यक्तिको उद्धारका लागि परिचालित संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायतका उपकरण प्रयोग गर्दै सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास जारी राखेको सेनाले जनाएको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाली सेनाका सात हजारभन्दा बढी फौज परिचालन गरिएको छ। सेनाका अनुसार परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा शव व्यवस्थापनलगायतका कार्य समन्वयात्मक रूपमा गरिरहेको छ।