काठमाडौं । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपाका तर्फबाट चार जना मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूमा खिनु लङ्वा लिम्बू, जीवन आचार्य, गीता तिम्सिना र गोम्बु शेर्पा रहेका छन्। आचार्यलाई भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी दिइएको छ। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहालका श्रीमान् हुन्।
त्यस्तै, खिनु लङ्वा लिम्बूले सरकारको नेतृत्व गर्ने टुंगो लागेको नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिएका छन्।
