काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९.७४ अंकले उकालो लाग्दै २,६७७.५४ बिन्दुमा पुगेको छ। शुक्रबार कुल ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
नेप्सेमा आएको उल्लेखनीय वृद्धिसँगै बजारको कुल पुँजीकरण पनि ३.०६ प्रतिशतले बढेको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको मूल्य घटेको तथा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
उपसमूहतर्फ अधिकांश सूचक हरियालीमा रहे पनि म्युचुअल फन्ड उपसमूह भने ०.०६ प्रतिशतले घटेको छ।