काठमाडौँ -एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा जापानले नेपालसामु ८७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन जोड्यो। जापानका लागि बियान्का शिनोले अविजित ३८ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने अयाने साकुराबाले १० रनको योगदान गरिन्।
नेपालका बलरहरूले अनुशासित प्रदर्शन गर्दै जापानलाई ठूलो स्कोर बनाउन दिएनन्। कृष्मा गुरुङले ३ ओभरमा केवल ६ रन खर्चेर २ विकेट लिइन् भने रिया शर्माले ४ ओभरमा २३ रन दिएर २ विकेट आफ्नो नाममा गरिन्।
अब सेमिफाइनलमा स्थान सुरक्षित गर्न नेपालले २० ओभरमा ८७ रनको लक्ष्य पछ्याउनुपर्नेछ। नेपालको जवाफी इनिङ्स केहीबेरमै सुरु हुनेछ।