काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान अमेरिकाको सियाटल स्टेडियममा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा अमेरिका लाई ४–१ गोलले हराउँदै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।
बेल्जियमका लागि चाल्स डे केटलारेले खेलको नवौँ र ३३औँ तथा हान्स भानाकेनले ५८औँ मिनेटमा गोल गर्दा रोमेलु लुकाकुले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए । अमेरिकाका मालिक टिलम्यानले ३१औँ मिनेटमा गोल फर्काएका थिए ।