काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल रिर्टन्स’ बाट कलाकारितामा डेब्यू गरेका सुशील सिटौला विवाह बन्धनमा बाँधिने भएका छन् । उनले फागुन ४ गते वसन्त पञ्चमीको दिन दमककी प्रतिमा मैनालीसँग विवाह गर्न लागेका हुन् ।
माघ २ गते उनीहरुको इन्गेजमेन्ट भएको थियो । विवाह विर्तामोडमा हुने सुशीलले जानकारी दिएका छन् । माघ १६ गते जन्मदिन मनाउने तयारीमा रहेका उनले मागी विवाह गर्न लागेका हुन् ।
विवाहका लागि परिवारको दबाब र उमेर पनि भएका कारण विवाह गर्न लागेको सुशीलले बताए । अभिनयमा चर्चा कमाएका उनी पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’ बाटै चर्चामा आएका थिए ।
उनले गाँजाबाजा, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले, चिनी कम रंग कडा, रणवीर’ लगायतका फिल्ममा काम गरिसकेका छन् । उनको पछिल्लो चलचित्र एक्शन जनराको रणवीर रहेको छ ।