एजेन्सी । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गरेको छ । दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन् ।
प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरू दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन् । उनका अनुसार भूकम्पमा परी हजारौँ मानिसहरू अझै बेपत्ता रहेका छन् ।
संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।