नेपालमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको खोप आउने निश्चितप्रायः भएको छ । औषधी व्यवस्था विभागले कोभिसिल्ड नामको उक्त खोपलाई प्रयोगको अनुमति प्रदान गरेको छ ।
आपतकालिन रुपमा प्रयोगको अनुमति पाएको कोभिशिल्ड ल्याउनेबारे भारतसँग आज कुराकानी समेत भएको छ ।
सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।
यसैगरी, इन्डिया टुडेले नेपालले एक करोड १० लाख डज कोरोनाविरुद्धको खोप माग गरेको खबर प्रकाशित गरेको छ । यसबारे भारत सकारात्मक भएको उल्लेख छ ।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।