काठमाडौँ। नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
नाटकीय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे ।
निर्धारित र अतिरिक्त समयमाको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।
दुवै टोलीका दुई/दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे ।
मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो ।
नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए ।