कारोनाको जोखिमलाई मध्यनजर गर्दै कम्बोडियाले नेपालमा २० लाख भन्दा बढी मास्क र अन्य विविध सामाग्री नेपाल पठाएको छ ।
दुई वटा विमानमा चार्टर गरेर ल्याइएका उक्त सामाग्रीहरु आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको हो ।
कम्बोडिया सरकारले नेपाललाई २० लाख मास्क, १ लाख कपडाको मास्क, २० हजार एन–९५ मास्क, २० हजार थान सुरक्षा चश्मा, २० हजार पीपीई सेट, ५०० थान इन्फ्रारेड थर्मोमिटर, २० हजार थान फेस सिल्ड, २० भेन्टिलेटर मेसिन लगायत अन्य सामाग्रीहरु उपलव्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।