काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई दल नेतृत्वबाट हटाउने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।
काँग्रेसका बहुमत सांसदहरूले उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा औपचारिक रूपमा दर्ता गराएका हुन्। स्रोतका अनुसार मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको प्रस्तावमा ९ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका कुल १८ जना सांसद रहेका छन्। तीमध्ये एक सांसद प्रकाश देउवा हाल देशबाहिर रहेको बताइएको छ।
अविश्वास प्रस्ताव दर्तापछि प्रदेश सभा परिसरमा काँग्रेसका बहुमत सांसदहरूको छुट्टै बैठक समेत जारी रहेको जनाइएको छ।