काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १३.३६ अंकले बढेर २८३८.५९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ८३ वटा स्टक्सको ५ हजार ८१८ कित्ता सेयर ३५ लाख ९१ हजार ७२३ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ४३ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घटेको छ भने बाँकी ७ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।