६ बैशाख पोखरा :
पोखरामा भुकम्पको धक्का महसुस गरिएको छ । आज (शनिबार) ११ बजेर १५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।
भुकम्पले आएपछि मानिसहरु घर बाहिर निस्किएका छन्। कती रेक्टरको भुकम्प गएको बिस्तृत समाचार आउन बाँकी छ ।
लकडाउनमा घरभित्र रहेका मानिसहरु भूकम्पको धक्कासँगै सडकमा निस्किएका छन् ।
आज महसुस गरिएको भूकम्प पहिले गएको भूकम्पको पराकम्प हो वा नयाँ भूकम्प हो भन्नेबारे जानकारी प्राप्त भएको छैन । थप जानकारी प्राप्त भएपछि हामी तपाइहरुलाई अपडेट गराउनेछौं ।
अपडेट :
कास्की भूकम्प अपडेट : केन्द्रबिन्दु पुरनचौर, म्याग्निच्युड ३
सामाजिक सञ्जालहरुमा मानिसहरुले भूकम्पको धक्का महसुस भएको स्टाटस र ट्विटहरु राखेका छन् ।
Sano Earthquake ? #pokhara
— Dipesh Baral (@tweetdipesh) April 18, 2020
भुकम्प आएपछि धेरैको प्रतिकृया: कोरोनाले घर भित्र वस्न भन्छ, भुकम्पले वस्न दिदैन । #Earthquake #Pokhara #Nepal
— Sagun Paudel ??#StayHomeStaySafe (@sagunpaudel) April 18, 2020
Was it #Earthquake just now in #Pokhara? It sounded like a blast and it shook just once. ?
— S o c i a l D i s t a n c i n g (@sujanpjl) April 18, 2020