
५ बैशाख पोखरा : आज (शनिबार) बिहान ११ बजेर १५ मिनेट जाँदा कास्कीमा महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु पुरनचौर रहेको छ ।
भूकम्प मापन केन्द्रका अनुसार कास्कीको पुरनचौरमा ३ म्याग्रिच्युडको भूकम्प गएको हो ।
लकडाउनका कारण घरभित्रै रहेका मानिसहरु भूकम्पको कारणले गर्दा बाहिर निस्किएका थिए । पोखरामा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताले भूकम्प आए लगत्तै सामाजिक सञ्जालमा भूकम्पको धक्का महसुस गरिएका स्टाटस् र ट्वविट राखेका थिए ।
Sano Earthquake ? #pokhara
— Dipesh Baral (@tweetdipesh) April 18, 2020
भुकम्प आएपछि धेरैको प्रतिकृया: कोरोनाले घर भित्र वस्न भन्छ, भुकम्पले वस्न दिदैन । #Earthquake #Pokhara #Nepal
— Sagun Paudel ??#StayHomeStaySafe (@sagunpaudel) April 18, 2020
Was it #Earthquake just now in #Pokhara? It sounded like a blast and it shook just once. ?
— S o c i a l D i s t a n c i n g (@sujanpjl) April 18, 2020
३ म्याग्रिच्युडको भूकम्प भएको हुनाले कुनै मानविय र भौतिक क्षति नभएको भूकम्प मापन केन्द्रको भनाइ छ ।