इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको छ ।
दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्सले आक्रामक ब्याटिङले गर्दा बेंगलोरले राजस्थानमाथि जित निकाल्दै अंक तालिकामा ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको बेंगलोरले ३ विकेट गुमाउँदै अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आएको थियो । उक्त ओभरमा सुरुवाती तीन बलमा दि भिलियर्सको लगातार ३ छक्का हानेका थिए ।
अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सुरुवाती ३ बलमा ५ रन जोडेको बेंगलोरका लागि डी भिलियर्सले चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गरे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए । त्यस्तै रोबिन उथप्पाले ४१, बेन स्टोक्सले १५, जोस बटलरले २४, राहुल तेवटियाले १९ रनको योगदान दिएपनि अरु ब्याट्सम्यानले दोहोरो अंक ल्याउन सकेनन् ।
यस जितसँगै बेंगलोर अंक तालिकामा ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा नै रहेको छ । राजस्थान भने ९ खेलमा ६ अंकसहित सातौं स्थानमा नै छ ।